काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।












प्रतिक्रिया दिनुहोस्