Skip to content

कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान

nabil bank
मोरङ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा पहिलो छदेखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिइयो ।
प्रदेशमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.१ प्रतिशत र आधारभूत मूल्यमा २.९ प्रतिशत रहने अनुमान गरिएको कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले लेखा अनुमान तथ्याङ्क प्रस्तुत गर्दै अर्थतन्त्रको आकार १० खर्ब ४३ अर्ब ११ करोडको अनुमान गरिएको बताए ।
त्यस अवसरमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशले कुल गार्हस्थ्य उत्पादन वृद्धिका लागि आधार निर्माण भइरहेको बताए । उनले प्रदेशमा अर्थतन्त्र सुदृढीकरणका लागि कृषि, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै  उद्योग र कृषिको उत्पादन वृद्धिका लागि विशेष राहत योजना सञ्चालनमा ल्याएको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले स्थानीय उत्पादनको उपभोगमा जोड दिए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनप्रसाद सुवेदीले आयात प्रतिस्थापन गर्न सके कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने विचार राखे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi