Skip to content
Prabhu

अर्थमन्त्रीको नीतिको विरोधमा प्रधानमन्त्रीलाई भेटे व्यवसायीले

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको नीतिको विरोधमा उद्योगी व्यवसायीहरुले प्रधानमन्त्रीलाई भेटेका छन् । अर्थमन्त्री पुनले बजेट भाषणमार्फत करका दरमा हेरफेर गरेको भन्दै व्यवसायीहरुले प्रधामन्त्रीलाई गुहारेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमार्फत स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेका थिए । स्पन्ज आइरमा बढाइएको करले बिलेट उद्योगहरु मारमा परेको भन्दै व्यवसायीहरुले विरोध गरिरहेका छन् । त्यस्तै खाद्यान्नमा पनि भन्सार विन्दुमा नै १० प्रतिशत अग्रिम आयकर लगाउने निर्णय पनि सहि नभएको व्यवसायीहरुको भनाइ छ ।

अहिले स्पन्ज आइरनमा भन्सार महसुल १ रहेको छ । आगामी बजेटबाट यसको भन्सार शुल्क २.५ प्रतिशतले बनाउँदा अर्बौं रुपैयाँको मेल्टिङ उद्योग लगाएका व्यवसायीको लगानी जोखिममा परेको गुनासो व्यवसायीले गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतका व्यवसायीहरु प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal