Skip to content

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् । 

उनको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहेका छन् । प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi