Skip to content

राष्ट्रिय गौरबको आयोजना ४ देखी ५ वटामा सीमित गर्न पूर्वअर्थमन्त्री पाण्डेको सुभाव

nabil bank

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजना धेरै भएको बताएका छन् । उनले आगामी आर्थिक वर्षमा यस्तो योजनालाई घटाएर ४–५ वटा मात्रै बनाउन सुझाव दिएका हुन ।

‘राष्ट्रिय गौरवको आयोजनालाई ४ देखी ५ वटा मात्रै बनाऔँ । ठूलो आयोजना धेरै भयो । घटाउनुस् ।, उनी भन्छन्, ‘मध्य पहाडी पहाडी राजमार्ग सांसदले घरजाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाउँ।’

आगामी आर्थिक वर्षको बजेट तथा विकास आयोजनाको प्रभावकारिताबारे छलफलमा पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई योजना छनोट, प्रशासनिक संरचना, पर्यटन प्रवद्र्धन, भूमि व्यवस्थापन तथा सरकारी खर्च नियन्त्रणमा केन्द्रित सुझाव दिएका छन् ।

छलफलका क्रममा सांसदहरूले हालको एलएमबीआईएस (लाईन मिनिस्ट्री बजेट इन्फमेशन सिस्टम) मन्त्रीकेन्द्रित जस्तो देखिएको भन्दै विषयगत मन्त्रालयलाई थप जिम्मेवार र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनीहरूले देशभर अत्यधिक संख्यामा ठूला आयोजना सञ्चालन गरिँदा स्रोत–साधन छरिने अवस्था आएको उल्लेख गर्दै आयोजना संख्या घटाएर सीमित तर प्रभावकारी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गरे।

मध्यपहाडी राजमार्गबारे टिप्पणी गर्दै केही सांसदहरूले “सांसदहरू घर जाने बाटो बनाउने” प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। अब पहाडी क्षेत्रमा सुरुङमार्ग निर्माणजस्ता दीर्घकालीन र आधुनिक पूर्वाधारमा लगानी गर्नुपर्ने उनीहरूको भनाइ थियो।

यसैगरी, भूमि प्रयोगसम्बन्धी कानुन सुधार नगरेसम्म विकासले गति लिन नसक्ने धारणा राख्दै सांसदहरूले जग्गालाई कृषि, उद्योग, आवास तथा व्यवसायिक प्रयोजनअनुसार वर्गीकरण गर्नुपर्ने बताएका छन्।

पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भारतीय पर्यटकलाई आकर्षित गर्ने विशेष योजना ल्याउन सरकारसँग माग गरिएको छ।

यसैगरी, जिर्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनबारे स्पष्ट नीति आवश्यक रहेको सांसदहरूको भनाइ छ। सरकारले सञ्चालन गर्ने कि निजी क्षेत्रलाई दिने भन्ने विषयमा स्पष्ट निर्णय लिनुपर्ने उनीहरूले बताएका छन्।

सरकारी कार्यालय तथा कर्मचारीलाई वस्तुगत खरिद कार्यमा अनावश्यक संलग्न गराउने प्रवृत्तिमा रोक लगाउनुपर्ने सुझाव पनि छलफलमा उठाइएको थियो।

यसैगरी, कर्मचारी प्रशासनलाई चुस्त बनाउन कर्मचारी संख्या २० प्रतिशतसम्म घटाउन सकिने वा नसकिने विषयमा समेत अध्ययन गर्नुपर्ने सांसदहरूको धारणा रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi