काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललले सरकारले आगामी आर्थिक वर्षका लागि निर्माण गरिरहेको बजेटका लागि आधा दर्जन बढी सुझाव दिएका छन् ।
आज आयोजित छलफलमा उनले बलियो जनमतको सरकार भएको, सबै बुझेको अर्थमन्त्री भएकाले वाचा पत्रलाई पूर्ण परिपालन गर्न सकिने अवस्था रहेको बताए । उनले त्यसैअनुसार बजेट बनाउन सुझाव दिए ।
उनले रिफर्मका लागि अर्थमन्त्री डा वाग्लेको कमिटमेन्ट सुनेको स्मरण गराउँदै केही सहयोग चाहिए आफु सधैं तयार रहेको बताए । उनले स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा रहेको स्मरण गराउँदै यस्तो कमजोरीलाई सच्याउन सुझाव दिए ।
उनले स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट नबनाउन सुझाव दिए । ‘संघको चुनाव जित्नेले स्थानीय चुनाव जित्छ’ उनले भने । सुझावका क्रममा उनले खानी बेचौ, ढुंगागिट्टी बेचौँ भन्दा आफुले चुटाइ खानुपरेको स्मरण गराए ।
‘चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भयो । खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुन्छ । आँट गरौँ’ उनले भने । पौडेलले गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबस्न र काम थाल्न सुझाव दिए ।












प्रतिक्रिया दिनुहोस्