काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि पूर्वअर्थमन्त्रीहरु डा.प्रकाशचन्द्र लोहनी, डा.प्रकाश शरण महतले सरकारलाई डेढ दर्जन सुझाव दिएका छन् ।
आज आयोजित छलफलमा पूर्वअर्थमन्त्री डा महतले १० वटा र डा. लोहनीले ७ वटा सुझाव दिएका छन् ।
जसमा डा महतले सरकारलाई सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिन सुझाव दिए । यस्तै नचाहिने संरचना हटाउन आँट गर्न, नेपाल एयरलाइन्सलाई आफुले निजीकरण मोडलमा चलाउन नसकेको स्मण गर्दै उक्त काम गर्न, सरकारी उद्योग र जमिनलाई लिजमा दिन, निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिन सुभवा दिए ।
यस्तै उनले वैदेशिक ऋण अति आवश्यक बाहेकमा घटान, पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्न सुझाव दिए । यसले सरकारको र जनताको भन्दा पनि ठेकदारको स्वार्थ देखिने उनको भनाई छ ।
यस्तै पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिने भएकाले यसलाई रोक्न, ठूला ठेक्का टुक्रयाएर मात्रै दिन, उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिन, आयातित कृषि उपजमा भ्याट लगाउँन र र्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाउन सुझाव दिए ।
यस्तै डा लोहनीले सरकार र निजि क्षेत्र मिलेर जाने वातावरण बनाउन, साना,मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्न, काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिन, कृषिलाई अनुदानबाट प्रोत्साहन गर्न सुझाव दिए ।
यस्तै स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्न, निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्न, र कृषि उपजलाई भारतीय बजार खोज्न सुझाव दिए ।












प्रतिक्रिया दिनुहोस्