Skip to content
Prabhu

बजेटमा सत्तारुढ दलकै विरोध, अर्थमन्त्रीले वित्तीय अनुशासनहिनता देखाउनुभयोः रघुजी पन्त

 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ पार्टीकै विरोध देखिएको छ । केही दिन अघि प्रमुख सत्तारुढ घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेट सल्लाह बिनै आएको बताएका थिए । तर आइतबार बजेट माथिको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले बजेटको बचाउ गरे पनि सोमबार भने एमाले नेता रघुजी पन्तले अर्थमन्त्रीले वित्तीय अनुशासनहिनता देखाएको टिप्पणी गरेका छन् ।

बजेट मार्थिको छफलफमा भाग लिने क्रममा सांसद पन्तले अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहिनता देखाएको आरोप लगाएका छन् । सांसद पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम ग¥यो ? भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।

विकास आयोजनामा बजेट नभएको बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गर्नु आर्थिक अनुशासनको उल्लंघन भएको उनको जिकिर छ । सांसद पन्तले केही मन्त्रालयलाई सरकारले स्रोत सुनिश्चतताको पत्र दिएपछि विकास आयोजनाको काम अघि बढन नसकेको अवस्था आउने भएकाले त्यस्ता कुरालाई सरकारले नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal