Skip to content

बोटलर्स नेपालकी अध्यक्षसहित १३ जनाविरुद्ध ३ अर्ब ७१ करोड राजस्व छलेको मुद्दामा बेपत्ते तामेली सूचना जारी

nabil
global ime

 

काठमाडौं । उच्च अदालतल पाटनले बोटलर्स नेपाल लिमिटेडकी अध्यक्ष शुक्ला वासनसहित १३ जनाविरुद्ध बेपत्ते तामेलीको सूचना निकालेको छ । बोटलर्स नेपालका पूर्वसञ्चालक तथा व्यवस्थापकहरूमाथि अदालतले बेपत्ते तामेली सूचना जारी गरेको हो ।

राजस्व अनुसन्धान विभागले नेपालमा कोकाकोलाको आधिकारिक कम्पनी बोटलर्स नेपालका पूर्व र वर्तमानमा सञ्चालक र ८ पदाधिकारी प्रत्येकमाथि ३ अर्ब ७१ करोड ८१ लाख र १ अर्ब ८५ करोड ९० लाख रुपैयाँका दरले माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

विभागले बोटलर्सकी अध्यक्ष वासनसहित ९ जना पूर्व र वर्तमान सञ्चालक, प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित ८ पदाधिकारीलाई प्रमुख प्रतिवादी बनाएर ०७८ साल फागुन २७ गते राजस्व चुहावटमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा प्रतिवादी बनाइएका १३ जना अदालतको म्याद नबुझी फरार भएपछि उच्च अदालतले बेपत्ते म्याद तामेली सूचना जारी गरेको हो ।

यसअघि जारी गरेको सूचनाको म्याद जेठ १८ गते नै सकिए पनि प्रतिवादीहरू अदालतमा हाजिर हुन नआएपछि दोस्रोपटक सूचना जारी गरिएको छ । उच्च अदालतले दोस्रोपटक जारी गरेको ३० (तीस) दिनको सूचना म्यादअनुसार बोटलर्स नेपाल लिमिटेडका तत्कालीन अध्यक्ष वासन, सञ्चालकहरू मेल्भिनतन छुन पिन, मोहमद घोनिम, गौरव घोसला, सन्दीप बजोरिया, देबब्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाइ कप्पुस्वामी, संकेत रे, प्रदीप पाण्डे, पुनिन चन्द्रपाल वार्शने र सुमित गोयल छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima