काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको १०५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा झरेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी बजारमा तोलाको ५ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्