Skip to content

बैंक तथा वित्तीय संस्थाले रोक्का गरेको सम्पत्तिको कारोबारमा विभागको ९ बुँदे परिपत्र

nabil bank

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट रोक्का राखिएका जग्गा तथा सम्पत्तिको कारोबार, फुकुवा र अभिलेख व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउन मालपोत कार्यालयहरूलाई ९ बुँदे परिपत्र जारी गरेको छ ।

विभागले जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षणका रूपमा रोक्का राखेका जग्गा तथा सम्पत्तिको अभिलेख अद्यावधिक, रोक्का फुकुवा तथा नामसारी प्रक्रियामा एकरूपता कायम गर्न निर्देशन दिइएको छ ।

अब रोक्का राखिएको सम्पत्तिसम्बन्धी विवरण स्पष्ट रूपमा अभिलेख राख्नुपर्नेछ भने रोक्का फुकुवाका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छ । रोक्का राखिएको सम्पत्तिमा दोहोरो कारोबार, अनधिकृत हस्तान्तरण वा अभिलेखमा फरक विवरण देखिएमा सम्बन्धित कार्यालयले थप यकिन गरेर मात्र प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ ।

‘व्यवस्थापन तथा अभिलेख ३९२ को उपदफा (४) को खण्ड (ट) मा खण्ड (ञ) बमोजिम रूजुको लागि प्राप्त लिखत जेआरओले रूजु गरी सबै विवरण दुरूस्त रहेको र नियमानुसार लाग्ने दस्तुरसमेत दाखिला भएको पाइएमा एलआरओ समक्ष पेश गर्ने। एलआरओले रोक्का लिखत पारित गरिदिने र रोक्का फुकुवा गर्नुपर्नेमा फुकुवा गरिदिनु पर्नेछ । भन्ने व्यवस्था रहेकोले कम्प्युटर प्रिन्ट रोक्का पत्र भएको अवस्थामा कम्प्युटर, रोक्का स्रेस्ता तथा तामेली अभिलेखमा समेत फुकुवा गरी सम्बन्धित निकायलाई जानकारी दिने व्यवस्था गर्ने गराउने र कम्प्युटर प्रिन्ट नभएको अवस्थामा मात्र सम्बन्धित प्रतिनिधि आई लिखत फट्टा गर्ने गराउने। उक्त अवस्थामा छुट्टिएका कार्यालयहरुको हकमा तामेली अभिलेख रहेको कार्यालयलाई लिखत फट्टाको पत्र लेखी सोको जानकारी बैकरजग्गाधनीलाई समेत दिने’ भनिएको छ।

विभागले मालपोत कार्यालयहरूलाई डिजिटल अभिलेख प्रणाली अद्यावधिक गर्न, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त विवरण समयमै प्रविष्ट गर्न तथा रोक्का सम्बन्धी विवरणमा त्रुटि हुन नदिन विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । रोक्का फुकुवा, धितो हस्तान्तरण तथा नामसारी प्रक्रियामा सेवाग्राहीलाई अनावश्यक दु:ख नदिन र कानुनबमोजिम छिटो सेवा प्रवाह गर्न पनि परिपत्रमार्फत आग्रह गरिएको छ ।

‘निर्देशिकाको दफा ३९२ को उपदफा (४) को खण्ड (ड) मा प्राप्त हुन आएका रोक्का तथा फुकुवा सम्बन्धी विवरणलाई कार्यालयले पहिलो प्राथमिकतामा राखी रूजु तथा पारित गरिदिनुपर्छ भन्ने व्यवस्था रहेकोले बैंक वित्तीय संस्थाबाट पेस भएको रोक्का तथा फुकुवा लिखतरनिवेदन १२ बजे अगाडि पेस भएकामा सोही दिन र १२ बजे पछाडि पेस भएको हकमा सम्भव भएसम्म सोही दिन सम्भव नभए भोलिपल्ट कार्यालय खुलेको दिन बिहान १२ बजे अगाडि नै जानकारी दिने व्यवस्था गर्ने गराउने,’ परिपत्रमा भनिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi