Skip to content

राज्यको स्वामित्वमा रहेकाे विशाल बजार कम्पनीले ५ वर्षदेखि गराएन लेखापरीक्षण

nabil bank

काठमाडौं । राज्यको स्वामित्वमा रहेको विशाल बजार कम्पनी लिमिटेडले पछिल्ला पाँच आर्थिक वर्षदेखि लेखापरीक्षण नगराएको तथ्य सार्वजनिक भएको छ। आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म कम्पनीको लेखापरीक्षण नभएको सरकारले सार्वजनिक गरेको संस्थान सम्बन्धि वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो कम्पनी सरकारको स्वामित्वमा रहेको कम्पनीसँगै नेपाल स्टक एक्सचेन्ज कम्पनीमा सूचीकृत कम्पनी पनि हो । सरकारी स्वामित्वको संस्थाले लामो समयसम्म लेखापरीक्षण नगराउनु वित्तीय अनुशासन र पारदर्शितामाथि प्रश्न उठ्ने विषयका रूपमा हेरिएको छ। लेखापरीक्षण नहुँदा कम्पनीको वास्तविक आम्दानी,खर्च, नाफा, नोक्सानी, सम्पत्ति तथा दायित्वको स्पष्ट अवस्था सार्वजनिक हुन सकेको छैन।

कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी समान रूपमा ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १३ करोड १७ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ। यसैगरी, संचित नाफा ८५ करोड ५९ लाख ७५ हजार रुपैयाँ तथा खुद सम्पत्ति ४ अर्ब ८८ करोड ९ लाख ३ हजार रुपैयाँ पुगेको देखिएको छ।

कम्पनीले हालसम्म नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको साँवा तथा ब्याज बाँकी नरहेको जनाएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाप्रति कुनै भाखा नाघेको साँवा तथा ब्याज दायित्व पनि नरहेको उल्लेख गरिएको छ।

यद्यपि, कम्पनीको कोष व्यवस्थापनतर्फ ६८ लाख ८५ हजार रुपैयाँ बराबरको रकमको व्यवस्था नगरिएको देखिएको छ। कर्मचारी व्यवस्थापनतर्फ कम्पनीमा स्वीकृत दरबन्दी ७५ रहेकामा स्थायी १३ र सेवा करारका २१ गरी जम्मा ३४ कर्मचारी कार्यरत छन्। कम्पनीमा हाल ४१ पद रिक्त रहेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi