Skip to content

भोली ल्याउने बजेटबारे अर्थमन्त्री डा. वाग्लेले राष्ट्रपति पौडेललाई गराए जानकारी

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराए ।

भेटमा अर्थमन्त्री डा।वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरे ।

अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भोली अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi