Skip to content

बजेट ल्याउने दिन ५६ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ? 

nabil bank
काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । सरकारले बजेट ल्याउन लागेको दिन सुन–चाँदीको मूल्य बढेको हो ।
आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७५ रुपैयाँ बढेको छ ।
सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य तोलाको २ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
हाल नेपालमा सुनमा १० प्रतिशत भन्सार शुल्क लाग्छ । यसैगरी, नेपालमा १३ प्रतिशत भ्याट लाग्छ र त्यसमा गत आर्थिक वर्षको बजेटमा सरकारले २ प्रतिशत विलासिता कर लागु गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi