Skip to content

सुनको मूल्य साढे २० हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला २० हजार ५०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी  आज तोलामा ५ हजार तीन सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ। आमामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा सुनको भन्सार महसुल  १० प्रतिशतले बढाएर  २० प्रतिशत  पुर्याइएको छ। जसकाे कारण सुन–चाँदीकाे मूल्य बढेकाे हाे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi