Skip to content

बजेटमा यथार्थ भन्दा भ्रम बढी, मध्यम वर्गलाई थप संकुचित पार्ने, युवा पलायनलाई सम्बोधन गर्न सकेन: आचार्य

nabil bank

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारले प्रस्ताव गरेको बजेट यथार्थ भन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसवुकमा धारणा सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले प्रस्ताव गरेको २१ खर्ब २४ अर्बको नयाँ बजेट वित्तीय सुधारको नारा दिएतापनि आम नागरिकका लागि चुनौतीपूर्ण रहेको बताए । उनले लेखेका छन्, ‘राजस्व बढाउने नाममा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा ३ प्रतिशत ‘इक्विटी शुल्क’ थपिनु र ५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाइनु चरम विरोधाभासपूर्ण छ ।`

यसले सरकारी सेवाको दयनीय अवस्थाका कारण निजी क्षेत्रमा निर्भर रहन बाध्य मध्यम र विपन्न वर्गमाथि महँगी र आर्थिक बोझको प्रत्यक्ष प्रहार गर्ने आचार्यको भनाइ छ ।

कृषि र उद्योगमा भन्सार दर समायोजन भनिए पनि ठोस पूर्वाधार र पुँजीगत खर्चको अभावमा बजेटले तत्काल गति लिन नसक्ने उनले उल्लेख गरेका छन् ।

त्यस्तै, सूचना प्रविधि क्षेत्रमा कर छुट दिएर युवालाई आकर्षित गर्न खोजिए पनि उनले खाडी र मलेसिया पलायन हुने देशका बहुसंख्यक अदक्ष तथा अर्धदक्ष युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस र भरपर्दो योजना बजेटमा नसमेटिएको उनले बताए ।
बजेटले मध्यम वर्गलाई थप संकुचित पार्ने छ र युवा पलायनको मूलसंकटलाई सम्बोधन गर्न नसक्सने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi