Skip to content

कल्पना गरेभन्दा राम्रो बजेट आएर निजी क्षेत्र निकै उत्साहित भएको अर्थमन्त्री डा.वाग्लेको दाबी

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको  बजेटप्रति निजी क्षेत्र अत्यन्त उत्साहित भएको दाबी गरेका छन्।

उनका अनुसार, कल्पना गरेभन्दा निकै राम्रो बजेट आएको र यसले निजी क्षेत्रको मनोबल बढाएको छ। उनले सरकारले अब निजी क्षेत्रको हितमा काम गर्ने स्पष्ट संकेत दिएको छ ।

अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जना, सीप तथा क्षमता विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै भत्ता वितरण मात्रले गरिबी नघट्ने धारणा व्यक्त गरे। “भत्ता बाँडेर गरिबी घट्दैन,” उनले भने, “देशलाई जिम्बाबे बन्न दिनु हुँदैन।”

उनले सक्षम व्यक्तिहरूलाई भत्ता नलिन समेत आग्रह गरेको जानकारी दिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T