काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कृषि र युवालाई लक्षित गरी धेरै कार्यक्रम समेटिएको बताएका छन्। बजेटबारे प्रतिक्रिया दिँदै उनले कृषिक्षेत्रमा दिइने अनुदानको दुरुपयोग हुने प्रवृत्ति रोक्न आवश्यक व्यवस्था गरिएको बताए। यसअघि सञ्चालनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमहरू कटौती नगरिएको र थप विस्तार गरिएको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले कच्चा पदार्थ र मेटेरियलमा लाग्ने कर तयारी वस्तुको तुलनामा कम राखिएको जानकारी दिए। साथै, विद्युतीय सवारीसाधन (ईभी) मा स्वच्छ ऊर्जा शुल्क लगाउने व्यवस्था गरिएको पनि उनले बताए।
उनका अनुसार सरकारले कृत्रिम बौद्धिकता (एआई)को विकासलाई प्राथमिकतामा राख्दै जिल्ला तथा वडास्तरसम्म कार्यक्रम विस्तार गर्ने लक्ष्यसहित बजेटमा व्यवस्था गरेको छ। यस क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मार्ने विश्वास पनि उनले व्यक्त गरे।
देशभर विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण र विस्तार गर्ने योजना सरकारको रहेको उनले बताए।












प्रतिक्रिया दिनुहोस्