Skip to content
Prabhu

सिटिजन्स बैंकका डेपुटी सिइओ पारस काफ्लेको श्रीलंकामा निधन

 

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सिइओ पारसकुमार काफ्लेको हृदयाघातका कारण निधन भएको छ ।

श्रीलंकामा एक कार्यक्रमका लागि पुगेका बेला काफ्लेलाई हृदयाघात भएको थियो । उनलाई स्थानीय नावालोका अस्पताल लगिएकोमा अस्पतालमा आइतबार दिउँसो मृत घोषित गरिएको थियो। बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन) को कार्यक्रममा सहभागी हुन उनीलगायतको टोली श्रीलंका पुगेको थियो ।

सिबिआइएल क्यापिटलका सिइओसमेत रहेका ५० वर्षीय काफ्ले लामो समयदेखि सिटिजन्स बैंकसँगै आबद्ध थिए । उनी डेपुटी सिइओ हुनुअघि सोही बैंकमा चिफ अपरेटिङ अफिसरका रुपमा कार्यारत थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal