काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत जल मार्गका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आवका लागि तत्कालिन सरकारले ६३ लाख रुपैयाँ बजेट रहेको थियो । जसमा चालु तर्फ ५६ लाख र ७ लाख रुपैयाँ रहेको थियो ।
बालेन नेतृत्वको सरकारले आगामी आवका लागि भने १ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । यो बजेट चालु शिर्षकमा मात्रै रहेको छ । पुँजीगत तर्फ एक रुपैयाँ पनि विनियोजन गरेको छैन ।
चालु शिर्षकमा रहेको यो रकम समलन्द तथा कार्यालय सामग्री शिर्षकमा विनियोजन गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्