Skip to content
Prabhu

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे ।

‘हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनौं सदन अवरूद्ध हुन्छ’, सांसद दाहालले भने, ‘विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal