काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ । बिहीबार सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेको छ, भने चाँदीको मूल्य ८५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य लोताको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्