Skip to content

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, एयरपोर्ट बन्द

nabil
global ime

काठमाडौं । पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयरपोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।

फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११:१५ बजे विस्पोट भएर २.५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

लेवोटोबी लाकी–लाकी ज्वालामुखी इन्डोनेसियाको दोस्रो उच्च सतर्क स्तरको ज्वालामुखि अन्तर्गत पर्दछ भने यसको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ ।

यदी समयमा भारी वर्षा भएमा ज्वालामुखी विस्पोटबाट निस्केका सामग्रीको मिश्रण सहितको खतरनाक बाढी आउन सक्ने जनाउदै ज्वालामुखी विभागले नदी नजिकका बासिन्दाहरूलाई पनि सतर्क रहन सुझाव दिएको छ ।

अधिकारीहरूले लेवोटोबी लाकी–लाकीबाट करिब ६० किलोमिटर पश्चिममा रहेको मौमेरे सहरको स्थानीय विमानस्थलमा सञ्चालन स्थगित गरेका छन्, जसका कारण पाँच वटा आन्तरिक उडानहरूलाई प्रभावित भएको विमानस्थल प्रमुख पार्थाहियान पञ्जाइतनलाई उदृत गर्दै एएफपीले बताएको छ ।

यस अघि गत जुलाईमा, लेवोटोबी लाकी–लाकी १८ किलोमिटर वरपरको क्षेत्रमा खरानी तथा धुवाँ फैलिने गरी विस्पोट हुँदा बालीको रिसोर्ट टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा उडानहरू रद्द गर्न बाध्य तुल्याएको जनाइएको छ ।

इन्डोनेसिया, एक टापुहरुको समूहले बनेको राष्ट्र हो प्रशान्त “रिंग अफ फायर“ मा यसको स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी जन्य प्रकोपको सामना गरी रहनु पर्ने बाध्यता रहेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T