काठमाडौं । आइतबार सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ८ हजार २०० रुपैयाँले घटेको छ, भने चाँदीको मूल्य तोलाको ३३५ रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्