काठमाडौं । कर छलिसम्बन्धी पछिल्ला चर्चाबारे अर्थमन्त्रीले प्रष्टिकरण दिएका छन्। उनले रसुवा र मुस्ताङ नाकामार्फत भएका सवारीसाधन आयातलाई कर छलिको रूपमा नहेरी बजारको सामान्य व्यापारिक प्रक्रियासँग जोडेर बुझ्नुपर्ने बताए ।
अर्थमन्त्रीका अनुसार बजेटअघि कर दर परिवर्तन हुने अनुमानका आधारमा व्यवसायीहरूले आफ्नो आयात योजना बनाउने गर्छन्। कर नीति सार्वजनिक हुनुअघि नै बजारमा कर बढ्ने वा घट्ने अनुमानका कारण व्यवसायिक निर्णयहरू हुने गरेको उनको भनाइ छ।
उनले भने, “व्यवसायीहरूले कर बढ्छ कि घट्छ भन्ने अनुमान गरेर एलसी खोल्ने, सामान अर्डर गर्ने र ढुवानीको व्यवस्था मिलाउने गर्छन्। यो व्यापारिक रणनीतिको हिस्सा हो।” उनका अनुसार सुर्तीजन्य पदार्थ, मदिरा तथा विलासी वस्तुहरूमा कर वृद्धि हुने अपेक्षा सामान्य रूपमा रहने भएकाले व्यवसायीहरूले सोही अनुसार तयारी गर्ने गर्छन्।












प्रतिक्रिया दिनुहोस्