Skip to content

स्पेसएक्सको ऐतिहासिक आईपीओपछि इलोन मस्कको सम्पत्ति १ ट्रिलियन डलर

काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेशएक्सकले विश्वकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दै शुक्रबार नास्डाकमा कारोबार सुरु गरेको छ। कम्पनीको शेयर अन्तर्गत कारोबार सुरु भएसँगै लगानीकर्ताहरूको अत्यधिक आकर्षण देखिएको छ।

स्पेसएक्सले प्रतिशेयर १३५ डलरमा आईपीओ जारी गर्दै करिब ७५ अर्ब डलर उठाएको छ। यसले कम्पनीको मूल्यांकन १.७७ ट्रिलियन डलर पुगेको थियो। कारोबार सुरु भएको केही समयमै शेयर मूल्य १५० डलरभन्दा माथि पुगेपछि कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर नाघेको छ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इलोन मक्सको सम्पत्ति पनि यो आईपीओपछि १ ट्रिलियन डलरभन्दा माथि पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यससँगै उनी विश्वकै पहिलो ‘ट्रिलियनियर’ बनेका छन्।

विश्लेषकहरूका अनुसार स्पेसएक्सको आईपीओले प्रविधि तथा कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रका ठूला कम्पनीहरूको सम्भावित सार्वजनिक निष्कासनको बाटो खोलेको छ। खुद्रा लगानीकर्तालाई समेत ठूलो हिस्सा उपलब्ध गराइएकाले पहिलो दिनमै करोडौं डलरको लगानी भित्रिएको छ।

यद्यपि कम्पनीको उच्च मूल्यांकनलाई लिएर केही अर्थशास्त्री तथा लगानी विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सन् २०२५ मा कम्पनीले अर्बौं डलरको घाटा व्यहोरेको भए पनि भविष्यको अन्तरिक्ष व्यवसाय, स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा र एआई परियोजनामाथिको अपेक्षाका आधारमा लगानीकर्ताहरूले कम्पनीको मूल्यांकन उच्च राखेको उनीहरूको भनाइ छ।

स्पेसएक्सको सफल आईपीओलाई सन् २०२६ को विश्व वित्तीय बजारकै सबैभन्दा महत्वपूर्ण घटनामध्ये एकका रूपमा हेरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima