Skip to content

संसद् भवन नयाँबानेश्वरमा सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक सुरु

काठमाडौं । सहकारीको बचत ठगीसम्बन्धी छानबिन गर्न संघीय संसद् भवनमा गठित समितिको पहिलो बैठक बुधबार बसेको छ।

सभामुख देवराज घिमिरेसहित संघीय संसद् भवन नयाँबानेश्वरमा संसदीय छानबिन समितिका संयोजक र सदस्यहरूबीच बैठक बसेको सभामुखको सचिवालयले जनाएको छ।

संसदीय छानबिन समितिको संयोजकमा नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समिति सदस्यमा नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (एमालें) बाट सांसदहरू थापा र सरिता भुसाल छन् भने नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

सोअनुसार गत जेठ १५ गते सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनेको थियो। गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी गोरखा मिडियाको नाम राखेर संसदीय छानबिन समिति गठन भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T