Skip to content

गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय

nabil
global ime

काठमाडौं । प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् । विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त कुरा बताएकी हुन् ।

गोल्याण ग्रुपले सामाजिक कार्यमार्फत आफूलाई समाजसँग जोड्दै गएकोमा प्रशंसासमेत गरिन् । ‘व्यापार–व्यवसायबाट कमाएको पैसालाई समाजको विकासमा पनि लगानी गर्नुपर्छ, समाजसँग जोडिनु निकै राम्रो काम हो,’ उनले भनिन्, ‘गोल्याण ग्रुपले यही कुरा मनन् गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरिरहेको छ, यसले समाजसँगको सम्बन्ध पनि बलियो भएको छ ।’

गोल्याण ग्रुपको कर्पोरेट कार्यालय भएको स्थान आफ्नो निर्वाचन क्षेत्रसमेत भएको उल्लेख गर्दै सांसद दर्शनाले सामाजिक कार्यमा यस क्षेत्रका जनतालाई पनि जोड्न सुझाव दिइन् । उनले रक्तदानका साथै सामाजिक उत्तरदायित्वका अन्य कार्यले समाज लाभान्वित हुने बताइन् । ‘रगतको महत्त्व त्यतिबेला थाहा हुन्छ, जब कुनै व्यक्ति आफै वा उसको आफन्त अस्पतालको शैयामा रगतको अभावमा तड्पिरहेको हुन्छ,’ उनले भनिन्, ‘यो महत्वलाई बुझेर रक्तदान कार्यक्रम गर्नु समाजप्रतिको पवित्र योगदान हो ।’

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले व्यवसायमार्फत राष्ट्रको अर्थतन्त्रमा योगदान दिएको उल्लेख गर्दै अब सामाजिक कार्यमार्फत समाजलाई सहयोग पुर्‍याउने कार्यलाई प्राथमिकता दिइएको बताए । सामाजिक कार्यको रूपमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘रगतको मूल्य अङ्कमा मापन वा कुनै बस्तुसँग तुलना गर्न सकिँदैन, जसलाई आवश्यक छ उसैलाई मात्र यसको महत्त्व हुन्छ,’ उनले भने । गोल्याणले युवा पुस्ताले गरेको परिवर्तनको सम्मान गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima