Skip to content

मधेस प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, चालु आवको भन्दा १३ प्रतिशतले घट्यो (पूर्णपाठ)

nabil bank

काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ ।

आज प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट पेश गरेका छन् । आगामी आवको बजेट चालु आवको भन्दा १३ प्रतिशतले कम हो । चालु आवका लागि सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

सरकारले आगामी आवका लागि चालुतर्फ‍‍‍ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत, पुँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ विनियोजन गरेको छ ।

सरकारले आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र गत वर्षको नगद मौज्दातबापत ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ रहने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi