काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ, भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेको हो । यसैगरी, आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य भने घटेर ४ हजार २७८ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्