काठमाडौं । एलजी इलेक्ट्रोनिक सिगापुरले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स सँगको सहकार्यमा नयाँ घरेलु उपकरण सार्वजनिक भएको छ ।
“हरेक घरको खुशी, घर-घरमा एलजी अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सीयल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीको दाबी छ ।
नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजीबीचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै इसेन्सीयल सिरिजले नेपाली उपभोक्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
फ्रोस्ट फ्री प्रविधि सहितको रेफ्रिजेरेटरले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ ।
अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता छ ।
यस्तै नयाँ वासिङ मेसिन पनि रहेको छ । नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको वासिङ मेसिनमा विभिन्न सुविधा रहेको छ । लो प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ । कम्पनीले एलजी इसेन्सीएल सिरिज रुम एयर कन्डिस्नर ल्याएको छ ।
ऊर्जा-दक्ष प्रविधिसहितको एयर कन्डिसनरले प्रभावकारी कुलिङ तथा हेटिङ सुविधा प्रदान गर्दछ । परम्परागत नन इन्भर्टर एयर कन्डिस्नरको तुलनामा कम बिजुली खपत गर्ने उत्पादनमा वातावरणमैत्री आर ३२ रेफ्रीजेनेरेटर प्रयोग गरिएको छ । न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने दाबी छ । यसको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ ।












प्रतिक्रिया दिनुहोस्