काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ।यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।









प्रतिक्रिया दिनुहोस्