काठमाडौं । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले को उत्साहित भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गरेकी छिन् ।
आजको बैठकमा उनले सरकारले आगामी आवको लागि बजेट ल्याएपछि सेयर बजार उत्साहित नदेखिएको, निजी क्षेत्र उत्साहित नदेखिएको, उद्योगी व्यवसायी उत्साहित नदेखिएको, लगानीकर्तामा आत्मविश्वास नदेखिएको उनको भनाइ छ । “यस्तो अवस्थामा यो बजेटबाट उत्साहित भएको को हो ?” उनले प्रश्न गरिन ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सेयर बजारमा गिरावट आएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
“बजेट वक्तव्य सार्वजनिक हुनासाथ सेयर बजारमा तिब्र गिरावट देखियो । जुन आजका दिनसम्म कायमै छ । बजार थप घट्दै छ ।
बजेटले बजारलाई केही न केही सकारात्मक संकेत दिनुपर्छ र पर्ने थियो । बजेटको प्रभाव प्रत्यक्ष रुपमा पुँजी बजारमा देखिन्छ तर यो देखिएन” उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्