Skip to content

सुन र चाँदी दुबैको मूल्य सामान्य बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको हो।

गत शुक्रबार (असार ५ गते) प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, आज २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदी तोलाको ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi