Skip to content

कर्णाली प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा

nabil bank

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबार देखि सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा मेला सुरु हुँदै छ ।

मेलाको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टीकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

त्यस्तै, नेपाल चेम्बर अर्फ कमर्स कर्णली प्रदेश अध्यक्ष चिन्तामणि न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । ‘वर्षौंदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

त्यस्तै, कमर्सका अध्यक्ष न्यौपानेले नेपाल चेम्बर अफ कसर्मको समन्वयमा ११० जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । ‘सिद्धार्थ बिजनेस ग्रुपले ६० जना, नेपाल टपले ५० र अग्नि ग्रुपले ५० जना श्रमिकको माग गरेका छन्,’ उनले भने । यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुनेछ ।

श्रम कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पूरा भएको बताए । हालसम्म मेलामा ४० वटा नीजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भैसकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए ।

मेला बिहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्ने उनले जानकारी दिए ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

मेलामा मध्यान्ह १२ बजेदेखि विभिन्न कार्यशालाहरु सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुती रहनेछ ।

१७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भै रहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।

मेलामा नेपाल स्काउट एवं कोपिला भ्यालि समाजका स्वयंसेवकहरु, सुरक्षा निकायहरु, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैकर्स एसोसियसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरु, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे«किङ एजेन्सी एसोसिएसन एफ नेपाल, नेपाल माउन्टेरिगं एशोसियसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्युनिकेसन र एभरेष्ट नेटको पनि सहभागिता हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi