Skip to content

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म दाबी गर्दै डिगो ओटीटीको अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं । डिसहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालमा पहिलो पटक ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म भएको दाबी गर्दै आफ्नो डिजिटल उपस्थितिलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार डिगो ओटीटीले विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्त्वपूर्ण कदम चालेको हो।

डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध डिजिटल मनोरञ्जन सामग्री सदस्यतामा आधारित सेवा मार्फत सुरक्षित र आधिकारिक रूपमा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी, कम्पनीले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित प्रसारण नियमावलीअनुसार ओटीटी सेवा सञ्चालनको इजाजतसमेत प्राप्त गरेको जनाएको छ।

कम्पनीका अनुसार यस इजाजत र विश्वव्यापी स्ट्रिमिङ अधिकारले डिगो ओटीटीको कानुनी, प्राविधिक तथा व्यावसायिक विश्वसनीयतालाई थप मजबुत बनाएको छ । यसले नेपाली ओटीटी प्लेटफर्मलाई अन्तर्राष्ट्रिय डिजिटल मनोरञ्जन बजारमा प्रतिस्पर्धी बनाउने आधार तयार गरेको कम्पनीको दाबी छ ।

डिसहोम डिजिटल प्रालिले आगामी दिनमा आधुनिक प्रविधि, उच्च गुणस्तरको प्रयोगकर्ता अनुभव तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरीय डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi