Skip to content

११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोडको डिजल, १ खर्ब १९ अर्बको भटमासको तेल आयात

काठमाडौं । चालू आर्थिक बर्षको जेठ महिनासम्ममा सबै भन्दा बढी डिजेल आयात भएको छ ।

भन्सार विभागका अनुसार गत चालु आवको जेठ मसान्तसम्म १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँको डिजल आयात भएको हो । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको विभागले जनाएको छ ।

यस्तै धेरै आयान हुने दोस्रोमा भटमासको तेल रहेको छ । विभागका अनुसार ११ महिनासम्ममा १ खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ७२ करोड ६४ लाख लिटर टमास तेलको कच्चा पदार्थ आयात भएको छ ।

यस अवधिमा पेट्रोल ६८ अर्ब १७ करोड रुपैयाँको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ ।

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi