Skip to content

११ महिनामा नेपालीले १ अर्ब १३ करोडको स्याम्पु प्रयोग गरे, भारतबाट सबैभन्दा धेरै आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा नेपालीहरूले १ अर्ब १३ करोड २३ लाख ५० हजार रुपैयाँ बराबरको स्याम्पु प्रयोग गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म नेपालमा विभिन्न देशबाट १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याम्पु आयात भएको हो।
चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको छ । भारतबाट यस अवधिमा ६८ करोड ६७ लाख ९८ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ । यसैगरी, चीनबाट ३३ करोड ९२ लाख ७८ हजार रुपैयाँ, भियतनामबाट ३ करोड १४ लाख ५८ हजार रुपैयाँ, बेलायतबाट १ करोड ५३ लाख ६१ हजार रुपैयाँ, बंगलादेशबाट १ करोड १२ लाख २२ हजार रुपैयाँ र थाइल्यान्डबाट १ करोड ६ लाख ६६ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ ।
यसैगरी, कोरिया (दक्षिण कोरिया) बाट ६२ लाख ६० हजार रुपैयाँ, जापानबाट ५२ लाख ३२ हजार रुपैयाँ, अमेरिकाबाट ४२ लाख ८० हजार रुपैयाँ, इटालीबाट ४१ लाख ३५ हजार रुपैयाँ, संयुक्त अरब, इमिरेट्स (युएई) बाट ३२ लाख ३६ हजार रुपैयाँ, जर्मनीबाट २९ लाख १८ हजार रुपैयाँ र टर्कीबाट १९ लाख १८ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ।
चालु आवको ११ महिनामा कतारबाट ६ लाख ८३ हजार रुपैयाँ, मलेसियाबाट १३ लाख १४ हजार रुपैयाँ, श्रीलङ्काबाट ११ लाख १५ हजार रुपैयाँ, पोल्यान्डबाट ७ लाख १४ हजार रुपैयाँ, कुवेतबाट ७ लाख ९ हजार रुपैयाँ, अस्ट्रेलियाबाट ५ लाख ५१ हजार रुपैयाँ, ब्राजिलबाट ४ लाख ६२ हजार रुपैयाँ, साउदी अरेबियाबाट ४ लाख ४९ हजार रुपैयाँ, इजिप्टबाट २ लाख २० हजार रुपैयाँ, ओमानबाट ५८ हजार रुपैयाँ र डेनमार्कबाट १ लाख ७३ हजार रुपैयाँ बराबरको स्याम्पु आयात भएको छ।
यसैगरी, मेक्सिकोबाट १ लाख ४० हजार रुपैयाँ, ग्रीसबाट ९८ हजार रुपैयाँ, स्पेनबाट ८४ हजार रुपैयाँ, नेदरल्याण्ड्सबाट ६७ हजार रुपैयाँ, बहराइनबाट ३७ हजार रुपैयाँ, क्यानडाबाट २४ हजार रुपैयाँ, हङकङबाट २० हजार रुपैयाँ, पोर्चुगलबाट १२ हजार रुपैयाँ, फ्रान्सबाट ९ हजार रुपैयाँ, इजरायलबाट ६ हजार रुपैयाँ, साइप्रसबाट ४ हजार रुपैयाँ, लेबनानबाट २ हजार रुपैयाँ, ब्रुनाईबाट १ हजार रुपैयाँको यस्तो बस्तु भित्रिएको छ । यसैगरी, फिलिपिन्स, बेल्जियम र स्विट्जरल्याण्डबाट नगण्य मूल्यको यस्तो बस्तु आयात भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi