Skip to content

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित

nabil
global ime

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको उक्त प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु रघुजी पन्त, माधव सापकोटा, जुली महतो, लालप्रसाद सावा लिम्बू, अमरबहादुर थापा, देवेन्द्र पौडेल, प्रेम सुवाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र केसी, नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले उक्त हस्ताक्षर गर्दा राष्ट्रिय हितालाई ध्यान दिइएको स्पष्ट पारे । उनले सम्झौता आर्थिक, प्राविधिक हस्तान्तरण र स्वच्छ ऊर्जाका दृष्टिलेसमेत राष्ट्रिय हितमा रहेको जानकारी गराए ।

मन्त्री बस्नेतले नेपालको सन्दर्भमा वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र सुख्खा याममा अपर्याप्त हुने भएकाले यस्तो अन्तर कम गर्न पनि सम्झौता आवश्यक रहेको औंल्याए । जलविद्युत्सँगै सौर्य र वायु ऊर्जाको उपयोग गर्न पनि ऊर्जा ‘मिक्स’ गर्नुपर्ने उहाँको भनाइ छ । सुक्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima