Skip to content

सुन–चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं। बिहीबार सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ। आज सुन प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदी तोलामा २५० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिन यता सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ।
यसैगरी, बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi