काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले सञ्चालन गरेको ‘क्यान यु सोल्भ द पजल’ प्रतियोगिताको विजेता घोषणा गरेको छ। ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा मनोरञ्जनात्मक गतिविधिमार्फत उनीहरूसँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन् ।
ग्राहकबाट उत्साहजनक सहभागिता प्राप्त भएको उक्त प्रतियोगिताले सीजी ब्रान्डप्रतिको विश्वास र लोकप्रियतालाई पुनः एकपटक पुष्टि गरेको कम्पनीले जनाएको छ । प्रतियोगितामा सहभागीमध्ये भाग्यशाली विजेताका रूपमा छनोट भएका श्याम रिजाललाई उपहार प्रदान गरिएको हो ।
सानेपास्थित सीजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित कार्यक्रममा सीजी ब्रान्डका बिक्री प्रबन्धक बद्रीनाथ रायले विजेता श्याम रिजाललाई गर्मीयामका लागि उपयोगी ‘सीजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरे । उपहार ग्रहण गर्दै रिजालले प्रतियोगितामा विजेता बन्न पाउँदा खुसी व्यक्त गर्नुका साथै सीजी ब्रान्डप्रति आफ्नो विश्वास अझ बलियो बनेको प्रतिक्रिया दिए ।
‘एक्सपिरियन्स लाइफ विथ सीजी’ भन्ने मूल नारालाई आत्मसात गर्दै सीजीले ग्राहकको दैनिक जीवनलाई सहज, सुविधाजनक र खुसीमय बनाउने लक्ष्यका साथ विभिन्न अभियान तथा प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्