काठमाडौ । नेपालमा राइड सेयरिङ सेवा दिइरहेका दुई कम्पनीबीच मर्जर हुने निश्चित भएको छ ।
राइड सेयरिङ सेवा दिइरहेका पठाओ नेपाल र याङ्गोबीच मर्ज हुने भएको छ । स्रोतका अनुसार यसका लागि अन्तिम तयारी भइरहेको छ । मर्जरका लागि पठाओका प्रतिनिधि बंगलादेशबाट नेपालमा आउने तयारी भइरहेको छ ।
बङ्गलादेशमा राइड–सेयरिङ सेवा दिइरहेको पठाओले नेपालमा २०७५ असोजबाट सेवा दिन सुरु गरेको हो । यस्तै रुसमा राइड–सेयरिङ दिइरहेको याङ्गो २०८२ मा नेपालमा भित्रिएको हो ।
नेपालमा रहेका दुवै कम्पनीले यहाँको व्यवसायीक गतिविधिका बारेमा समेत जानकारी गराइसकेका छन् । उक्त जानकारी, आवश्यक विवरण संकलन गरेर पश्चात मर्जका लागि दुवै कम्पनीले ड्यु डिलिजिन्स अडिट (डीडीए) को काम समेत भएको बताइएको छ । स्रोतका अनुसार मर्जरपछि नेपालमा पठाओ याङ्गोले सञ्चालन गर्ने गरी छलफल भएको छ ।









प्रतिक्रिया दिनुहोस्