Skip to content
Prabhu

अमेरिकी डलरको भाउ बढ्दा अरुको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबाररका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ २१ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ९८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५० रुपैयाँ १९ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ रुपैयाँ ६७ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२ रुपैयाँ ८८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७ रुपैयाँ १४ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal