Skip to content
Prabhu

शुक्रबार सुनको मूल्य १ हजारले बढेर नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य १ लाख ४३ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal