Skip to content

१५ दिनभित्र बीएन्डसीलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।

फैसलामा भनिएको छ, ‘प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु ।’

मेडिकल व्यवसायी प्रसाईले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै विसं २०७७ असार २१ र विसं २०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi