Skip to content

काठमाडौं महानगरको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पारित

काठमाडौ‌ । काठमाडौ‌ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।

असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गरेको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपैयाँ गरी २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ छ ।

बैठकले आव २०८३/०८४ को ‘कार्यक्रम तथा बजेट उपर छलफल गरी पारित गर्ने’, ‘विनियोजन विधेयक २०८३’ र ‘आर्थिक विधेयक २०८३’ उपर छलफल गर्ने र पारित गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T