Skip to content
Prabhu

सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गरियोः प्रवन्ध निर्देशक सम्भव

 

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाचार लुकाउन भनेको र त्यसो नगर्दा अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको बताएका छन् ।
सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन् ।

सम्भवले भिडियोमार्फत केस मिलाउन गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरेका छन् । सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको प्रबन्ध निर्देशक सम्भवको भनाइ छ ।

कान्तिपुरले सहकारीमा रविको संलग्नताको समाचार नलुकाएकै कारण आफ्ना बुबा तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका छन् । ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन् । उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि ।

उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो । व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नबुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो । उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो,’ उनले भिडियोमार्फत् भनेका छन् ।

उनले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताएका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको उनले बताएका छन् । पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको जिकिर छ । ‘आज उहाँले लगाउनुभएको झुटो आरोपको सत्य बताउन चाहन्छु । कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हुन् । गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal