Skip to content
Prabhu

पुँजी बजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धी र भरपर्दाे बनाउन बजारमा देखिएमा समस्या समाधान गर्ने सरकार तयार रहेको बताएका हुन् । सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पुँजीबजारमा देखिएका समस्याहरु समाधान गर्ने बताए । उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पुँजीबजारको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन् ।

लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको पनि प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal