Skip to content

सुनको मूल्य तोलाको २७ सयले बढ्यो, चाँदीको  कति? 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ। आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi