Skip to content
Prabhu

पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो+ अब नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रों ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईनमा तयार गरिएको रियलमी १२ प्रों ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ ।

फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रोंले उच्च स्तरको टेलिफोटोहरु लिन सक्ने कम्पनीको भनाइ छ । जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोर्ट्रेटहरू खिच्न सक्ने रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले बताए । उनले भने, ‘रियलमी १२ प्रों नेपाली बजारमा ल्याउन पाउँदा पाउँदा हामी उत्साहित छौं । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।’

रियलमी १२ प्रों मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ भने यो फोनमा १२ जीबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ । जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिने कम्पनीको भनाइ छ ।

यसबाहेक ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रों मा उपलब्ध रहेका छ ।

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रों का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्ने पनि कम्पनीले जनाएको छ।

रियलमी १२ प्रों १२ जिबी ¥याम र २५६ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रों को मूल्य ५० हजार ९ सय ९९ तोकिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal